Flash

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान हरितालिका बिशेष गीतहरु अहिले प्रसस्त मात्रामा बजारमा आइरहेका छन् । यस भित्र ब्यवसाहिकता लक्षित गीतहरु पनि बजारमा धेरै नै छन् । यसरी ब्यवसाहिकता मात्र लक्षित गर्दै यी यस्ता तीज गीतहरु बजारमा ल्याईरहंदा कतै आफ्नै कला संस्कृति र मौलिकता हराउने पो हो कि भन्दै बहुप्रतीभाका खानि राजेश ढकालले सरिता खड्का सुमन दाहालको प्रस्तुति “दिदि भाईको बेदना” नामक तीज सांगीतिक कोसेलीमा आफ्नो सिर्जना भरेका छन् । यसो त यस भन्दा पहिलेका गीतहरुमा पनि ढकाल द्वारा सृजित सृजनाहरु मौलिक नै हुने गरेका छन् ।

प्रस्तुत गीतमा सरिता खड्का र राजेश ढकालको सुमधुर स्वर सुन्न सकिन्छ । परिवारको एक छोरा बर्षौ देखि परदेशमा हुन्छन् र यस बर्षको तीजमा पनि घरदेशमा रहेर कर्म घर रहेकी आफ्नी दिदि लाई तीजमा लिन जान नपाएको बिलौना यस गीतमा रहेको छ । गीतको म्युजिक भिडियोमा सरिता खड्का सुमन दाहाल कृष्ण बहादुर विस्ट र नन्द कुमारी विस्टको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धिताल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ