Flash

राजु बोहरा–काठमाडौँ । बिभिन्न गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी गायिका किशु गुरुङ्गले पछिल्लो पटक आफ्नै नामको युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । हाल इजरायलमा रहेकी उनले यस भन्दा अगाडिका सांगीतिक उत्पादनहरु अन्य च्यानलहरु बाट सार्बजनिक गर्दै आइरहेकी थिइन् । अबका दिनहरुमा भने आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गर्ने कुरा जानकारी गराएकी छिन् । किशुको आफ्नै च्यानलबाट हालै मात्र मेलिना राईको “चोखो माया” बोलको गीत सार्बजनिक भएको छ ।

प्रस्तुत गीतमा मेलिना राईको स्वर रहेको छ भने शब्द सबिना तामाङ्ग र संगीत राम सिटौलाको रहेको छ । गायिका किशु गुरुङ्ग आफ्नो नामको युट्युब च्यानललाई ब्यवासाहिक रुपमा नै अबका दिनहरुमा संचालन गर्ने कुरा जानकारी गराएकी छिन् । फल स्वरूप गायिका मेलिना राईले पनि उनको यस च्यानल रोजाईमा पार्नुमा शुभ लक्षण देखिन्छ ।

“चोखो माया” बोलको गीतको म्युजिक भिडियोलाई निश्चल चाम्लिङ्ग राई सबिना तामाङ्ग र अनुषा राईको आकर्षक अभिनयले थप सुन्दरता प्रदान गरेको छ । भिडियोलाई निर्देशन मणि के राईले गरेका हुन् भने छायांकन तथा बिनिरजानरा राईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ