Flash

राजु बोहरा–काठमाडौँ । चर्चित गायक रामकुमार कार्कीको नयाँ गीत “माली गाईको तर” बजारमा भर्खरै आएको छ । उनले यस अघि घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो, लगाएतका बिभिन्न गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर सामाजिक यथार्थतालाई गीत संगीतको माध्यमबाट बाहिर ल्याउन रुचाउने राम मार्फत पछिल्लो पटक बजारमा आएको “माली गाईको तर” पनि एउटा लोक गीतमा हुन पर्ने मर्म समेटिएको छ ।

रामकुमार कार्कीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय राजन कार्कीले तयार पारेका हुन् भने शब्द सपना रसाइलीको रहेको छ । बाध्यता र बिवस्ताले परदेशिनु परेपछि आफ्नो गाउँघरको सम्झनाले सताएको भावमा समाबेश यस गीतको म्युजिक भिडियो हाललाई तयार भएको छैन र अडियोलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिएमा निकट भबिस्यमा नै भिडियो पनि निर्माण गरेर सार्बजनिक गरिने कुरा जानकारी प्राप्त भएको छ ।

गीत सुन्न तलको लिंकमा क्लिक गर्नु होला ।


 

Published date : 2020-01-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ