Flash

राजु बोहरा–काठमाडौँ । स्थाई घर काभ्रे जिल्ला भएका मोडल सबिन गौतमले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिरहेका छन् । उनले यस अगी पनि केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जिती सकेका छन् । फेरी स्वभावले निकै मिजासिला सबिन द्वारा अभिनित एक गीतको म्युजिक भिडियो नेपाली गीत संगीतको बजारमा भर्खरै बजारमा आएको छ । “आकाशै को तारा गनेर” नाम मा सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोमा सबिन गौतम को साथमा प्रियांका श्रेष्ठको पनि निकै घत लाग्दो अभिनय देख्न सकिन्छ । गुरुआमा फिल्म्स प्रालि मार्फत सार्बजनिक भएको सम्झना मोक्तानको प्रस्तुति “आकाशै को तारा गनेर” बोलको गीतमा सम्झना मोक्तान र भिम तामांग को सुमधुर स्वर रहेको छ । यस गीतलाई लय लय तथा शब्द सिर्जना पनि गायिका स्वयम् सम्झनाको रहेको छ । मर्मस्पर्सी यस गीतको म्युजिक भिडियोलाई निर्देशन भागिरथ गाहा मगरले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुधन बस्नेत त्यसैगरी प्रेमराज लामिछानेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-03-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ