Flash

नेपाली लोक गायनको क्षेत्रमा वियोगान्त गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

जिवनका कहाली लाग्दो अवस्थाका बास्तविक भोगाईहरुलाई मौलिक भाकामा आफनो वियोगान्त बाध्यतालाई समेटनका लागी कलाकारहरु खपिस रहेका छन । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका देवी धर्ति र गायक विजय कुमार गैरेको स्वरले सजिएको “पागल” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको अडियो तथा भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो ।
आफुले माया गरेको मान्छेले छोडेर गए पछिको वियोगान्त प्रेम भावले सुसजित रुपमा यस गीतको समेटिएको छ । विजय कुमार गैरेको मार्मिक शब्द तथा गायक तथा संगीतकार अमित बावु रोकायाको मनै छुने लय सिर्जनामा गीत रहेको छ । म्युजिक भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन छुने अभिनय देख्न सकिन्छ ।

भिडियोलाई अर्जुन कुमारले छायाँकन र रविन विकले सम्पादन गरेका छन । गीतको भाव अनुसारको कलाकारहरुलाई प्रोत्सान गर्ने काम भिडियो निर्देशक अमित बराइलीले गेका छन ।

Published date : 2018-07-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ