Flash

प्रकाश बराइली  “अभिब्यक्ती” काठमाडौं भाद्र २० – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा तेस्रो मौलिक तीज गीत प्रतियोगिता २०७५ अध्यक्ष रमेश बाबू थापाको सभपतित्वमा हिजो भाद्र १९ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । नेपाली गीत सङ्गीत तथा मौलिक गीतको संरक्षण गर्ने उदेश्यले आयोजित यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्री पङ्गेनिको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । उक्त कार्यक्रममा विभिन्न मिडियाका दर्जनौं पत्रकारहरु, अग्रज श्रष्ठा र कलाकारहरुलाई सम्मान गरिएको थियो ।त्यस्तै बिशिष्ठ अतिथिमा प्रतिष्ठान कै पुर्व अध्यक्ष एवं सल्लाहकार केन्द्रीय समिति कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझी रहेका थिए । अन्य बिशेष अतिथिहरुमा केन्द्रीय महासचिव सुवास के.सी, बरिष्ठ उपाध्यक्ष रमेश बि.जी, लोकप्रिय एवं बरिष्ठ गायिका सर्मिला गुरुङ, प्रतिष्ठानकी केन्द्रीय महिला सचिव राधिका हमाल, प्रतिष्ठान समन्वय समितिका अध्यक्ष पि.एन सापकोटा, उपत्यका समन्वय समितिका बरिष्ठ उपाध्यक्ष सुजन लम्साल लगायत धेरै विभिन्न मिडियाका पत्रकारहरु र कलाकारहरुको पनी सहभागिता रहेको  थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रको मातहतमा रहेर लोकदोहोरी कलाकारको संरक्षण, संवर्द्धन तथा संस्कृतीको विकास गर्नको लागी २०७० सालमा स्थापित उक्त नयाँ बसपार्क समन्वय समितिले, २०७५ सालको तिजलाई लक्षित गरी मौलिक तिज गीत प्रतियोगिताको आयोजना गरेको हो । तिज गीत प्रतियोगितामा प्रतिष्ठानको मातहातमा रहेका नौ वटा समिति मध्ये आठ वटा समितिले भाग लिएका थिए । प्रतियोगितामा भाग लिने कलाकारहरुले मौलिकताको अधिनमा मात्रै रहेर सबैले आफ्ना उत्कृष्ट गीत प्रस्तुत गरेका थिए । सोही प्रतियोगी कलाकारहरु मध्ये, गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको लय र शब्द सृजनाले भरिएको गीत प्रस्तुत गर्दा ललितपुुर समितिले प्रथम उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको छ भने लाजिम्पाट समिति दोस्रो र तेस्रो पुरस्कार कोटेश्वर, बानेश्वर समितिको पोल्टोमा पारेको छ ।

सो प्रतियोगितामा उक्त प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३ सय ३३ नगद र प्रमाणपत्र, द्धितीय हुनेलाई २२ हजार २ सय २२ र प्रमाणपत्र, तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । प्रथम पुरस्कार निबर्तमान अध्यक्ष चन्द्र शर्माले प्रायोजन गरेका थिए भने द्धितिय पुरस्कार केन्द्रिय सदस्य एबं चर्चित गायक राजन गुरुङ्ग , तृतिय पुरस्कार धनबहादुर गुरुङ्ग (सुकु) ले प्रायोजन गरेका थिए । कार्यक्रममा मुख्य प्रायोजन कबी फाउन्डेसन नेपालले गरेको थियो भने सहप्रायोजन नेपाल राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघले गरेको थियो । प्रतियोगीतामा रमेश बिजी, शर्मिला गुरुङ्ग, राधिका हमाल, पिएन सापकोटा लगायत निर्णायकको भुमिकामा रहेका थिए ।

सोही कार्यक्रममा नयाँ बसपार्क समितिमा क्रियासिल सदस्य तथा उत्कृष्ट गायिका रुपी सिंजाली मगरलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार सहित सम्मान गरेको थियो भने २०६९ सालबाट यसै दोहोरी गीत संगीतमा क्रियासिल रहँदै आएका कलाकार बखन गुरुङलाई पनी दश हजार नगद सहित सम्मान गरेको छ । त्यस्तै प्रतिष्ठानकै मातहतमा रहेर उत्कृष्ट दोहोरी संचालन हुँदै आएको गोर्खा मनकामना दोहोरी साँझलाई पनी सम्मान गरेको छ भने कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीलाई अग्रज श्रष्ठा सम्मान गरेको छ । रायमाझीलाई एघार हजार १ सय १ रुपैयाँ सहित सम्मान गरेको छ । उक्त सम्मानबाट पाएको रकम कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीले, समन्वय समिति नयाँ बसपार्कको अक्ष्यकोष स्थापना गर्नको लागी सहयोग हस्तान्तरण गरेका छन् ।

Published date : 2018-09-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ