Flash

काठमाडौं । अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार होटल अन्नपुर्णमा आयोजना गर्न लागेको ‘सर्जक सम्मान २०७५’ मा उनीहरुलाई सम्मान दिइने भएको हो ।
कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौदर्य ब्यवसाहिका साथै राष्ट्रिय स्तरका खेलाडीलाई पनि सम्मान गरिने छ । बिभिन्न क्षेत्रमा रहेर एक दशक भन्दा बढि समय बिताएका ब्यक्तिलाई ‘सर्जक सम्मान २०७५’ बाट सम्मानित गर्न लागेको आयोजक नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए ।
अमेरिकामा पनि साखा बिस्तार गरेको खुसी साट्ने उदेश्यले आयोजन ागर्न लागिएको कार्यक्रममा संघले आगामी नोभेम्बरमा अमेरिकामा आयोजना हुने नेपाल मोडलिङ अवार्ड २०७५ को पनि बिभिन्न पक्षबारे जानकारी गराउने जनाएको छ ।
ललितपुरको कुपन्डोलमा रहेको नेपाल मोडलिङ संघले अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षमा आफ्नो साखा बिस्तार गरेको हो । श्रेष्ठ युएसए चलचित्र संघका अध्यक्ष पनि हुन् ।
देशको सातै प्रदेशमा साखा बिस्तारको तयारी समेत गरेको संघले अमेरिकाको साखासँगको सहकार्यक्रम अमेरिकामा अवार्ड गर्न लागेको हो । मोडलिङमा लागेकालाई प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले संघले अवार्ड आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Published date : 2018-09-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ