Flash

काठमाडौं: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकैठाउँमा २५ लाख रुपैंया बढी उठेको छ ।मंगलबार साँझ ५ बजेदेखि ९ बजेसम्म बिभिन्न ब्यवसायी र समाजसेवीलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका पदाधिकारी उपस्थित थिए ।

‘पहिलो दिनको देउसीबाट अनुमानित २५ लाख ६० हजार उठेको छ, आजपनि हामी राजधानीका केहि ठाउँमा देउसी खेल्नेछौं’, प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले भने ।पंगेनीका अनुसार देउसीबाट उठेको सम्पुर्ण रकम भवन निर्माणमा लगाइनेछ ।। देउसीमा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुले भवन निर्माणमा चाहिने गिटी, बालुना लगायतका सामाग्रीहरुपनि सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा गायक खुमन अधिकारी, पशुपति शर्मा, दीपक खड्का, गायिका राधिका हमाल, पुर्णकला बिसी लगायतले भट्याएका थिए भने मोडल शंकर बिसी, रश्मी तामाङ, करिश्मा ढकाल, रिना थापा मगर, अन्जली अधिकारी लगायतले नृत्य गरेका थिए । चन्द्र शर्माले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ गायक दुर्गाा रायमाझिले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

Published date : 2018-11-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ