Flash
नेपाली सांगीतिक क्षेत्रका गायक तथा संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भएको छ। एक दशक लामोसमय देखि सांगीतिक क्षेत्रमा लागेका मगरले लोकपप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषीका लगाएत ५ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्।
यसै सिलसिलामा २०१२ मा पप बिधाबाट सम्मानित भई म्युजिक खबर म्युजिक अवार्ड पाउन सफल हुनु भयको थियोे । यसरी नै सबैको माया ममता र सल्लाह सुझावको साथमा सांगेतिक क्षेत्रमा अगाडी बढ्ने क्रममा उनले फेरि पनि आफ्नै स्वर, शब्द र संगितमा रहेको “सुन ओइ” बोलको गित सोनिका रोकाया र राज कृष्ण निकेशको अभिनयमा म्युजिक भिडियो सार्बजनिक गरेका हुन ।
सोनिका रोकायाको मुख्य अभिनय रहेको गीतमा राज कृष्ण,निकेश, लगाएत अन्यले साथ दिएका छन। काजिश श्रेष्ठको कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन ।
नेत्र किरातीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइट च्यानल बाट युट्युवमा सार्वजनिक गरिएको छ ।
Published date : 2018-12-26