Flash

सिनेमा क्षेत्रमा लभको फन्डा चलाएर फिल्मको पब्लिसिटी गर्ने चलन अब नयाँ रहेन । नेपाली सिनेमा क्षेत्रमा पनि यो फण्डालाई प्राय चलचित्रकर्मीहरुले अनुशरण गर्ने गरेका छन् । सम्भवत यो फन्डा अनुशरण गर्नेमा निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेललाई कसैले जित्न सक्दैन । बाघ निर्माताको रुपमा चिनिएका छबि र शिल्पाबीच फिल्ममा एकसाथ काम गर्दा गर्दे प्रेम सम्बन्ध बसेको थियो । उनीहरुको बिवाहलाई लिएर धेरैखाले चर्चा परिचर्चाहरु भए ।

जब-जब यी दुईले नयाँ फिल्म लिएर आउथे तब तब उनीहरुको बिवाहको कुरा फिल्म चलाउने फन्डा बन्थ्यो । कतिले उनीहरुबीच बिवाह भईसकेको र पार्टी समेत खुवाएको दाबी थियो । उता लगातार पूर्वपतिसंग आफनो नाम जोडिएपछि नायिका रेखा थापाले समेत उनीहरुको बिवाह धेरै बर्ष अगाडी भईसकेको खुलासा गरेकी थिईन् । उक्त खुलासापछि शिल्पाले रेखाको अभिव्यक्तिप्रति आक्रोस पनि व्यक्त गरेकी थिईन् । शिल्पा र छबि दुबैले चाडै बिवाह गर्ने भन्दै आएका थिए तर यतिबेला छबिराज स्वयंमले शिल्पासंग आफनो बिवाह भईसकेको खुलासा गरेका छन् ।

एक च्यानलसंगको अन्तरवार्तामा उनले शिल्पासंग ५ बर्षअघि नै बिवाह गरिसकेको खुलासा गरेका हुन् । शिल्पासंगको बिवाहको बारेमा प्रस्ट पार्न भनेपछि उनले भने “सबै काम सङ्गै गर्छौ, र हाम्रो ५ बर्ष अघी नै बिहे भैसकेको हो ।” कहिले बिवाह भाको छैन त कहिले गर्ने तयारीमा त कहिले बिवाह भईसक्यो आखिर दर्शकलाई भगवान भन्ने छबि शिल्पाले दर्शकलाई कति मुर्ख बनाएका हुन कुन्नी ? बुझिसक्नु छैन।

Published date : 2019-03-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ