Flash

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फिल्म हेर्न सिटी सेन्टर जाने भएका छन् । बुधबार साँझ ६ बजेको सोमा प्रधानमन्त्रीले नेपाली फिल्म ‘क्याप्टेन’ फिल्म हेर्न जाने भएका क्याप्टेन’का निर्माता भुवन केसीले बताए ।उनका अनुसार प्रधानमन्त्रीले सिटी सेन्टरमा फिल्म हेर्ने र होलीको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीसँगै विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिको उपस्थिति रहने उनले बताए । ‘क्याप्टेन’ एक फुटबल खेलाडीको संघर्षमा आधारित फिल्म हो । फिल्मले ब्यापार भने खासै गर्न सकिरहेको छैन ।

फुटबलरको कथामा निर्माण भएको फिल्म उपराष्ट्रपति नन्दकिशोर पुनले समेत हेरेका छन्। उपराष्ट्रपति पुनले क्याप्टेनले उठान गरेको विषयवस्तुप्रति तारिफ गरे। ‘यो हाम्रो कथा हो। त्यसैले मलाई फिल्म निकै मन प¥यो। फिल्मले सम्पूर्ण नेपालीलाई एकतामा बाँध्ने प्रयास गरेको छ’, उनले भने– ‘खेलमा रुचि राख्नेका लागि फिल्म झन् विशेष छ।’

उपराष्ट्रपति पासाङले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिलादेखि नै हेर्दै आएको र आप्mना लागि तीनै जना सुपरस्टार रहेको समेत बताए। विशेष शोमा सहभागी लोकप्रिय अभिनेता शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रशंसा गरे। ‘फिल्म राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ। फिल्मले राष्ट्रियता र फुटबलसँग हामीलाई जोड्छ।’ –शिवको भनाइ थियो।

पिताको फुटबलमा देशलाई गोल्ड मेडल जिताउने सपना पूरा गर्ने एक छोराको संघर्षको पेरिफेरीमा फिल्म घुमेको छ । अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भने, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय छ । यसलाई भुवन केसीले बनाएका हुन् । यो फिल्म समीक्षकको नजरमा भने खरो उत्रन सकेको छैन

Published date : 2019-03-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ