Flash

सुरेन्द्र इङ्नाम, केन्ट– यूके/ गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न गर्‍यो ।बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु बड्दै गए सँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थाले पछि कार्य समिती खडा गरेर साङ्गठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले आजको मिती देखि कार्य समितीको चयन गरिएको छ ।

उक्त “बाँसुरी समुह यूके” ले गत वर्ष “बासुरी चौतारी बेलायत” को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो, जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबूक पेज जस्लाई “बाँसुरी समुह यूके”नाम राखेर आजकै मिती बाट सञ्चालनमा ल्याएको छ ।

बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान गर्नु भएका दिपक चाम्लिङ्ले केहि ज्ञानहरु समुहलाई बाँडेका थिए त्यस पश्चात उन्ले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए ।

कार्यक्रमको अन्त्य पछि भेटघाट रेष्टुरामा गएर रात्रीभोज साथै राती ९बजे सम्म बाँसुरी बजाएर रमाईलो पनि गरे साथै त्यहा उपस्थित सबैलाई भरपुर मनोरञ्जन पनि दिलाए ।

“बाँसुरी समुह यूके”को नयाँ कार्य समिती यस प्रकार रहेको छः

अध्यक्षः खड्क क्षेत्री

सचिवः सेमन्त राई

कोषाध्यक्षः लोक थापा

ब्यावस्थापनः कुल थापा

पि आर तथा मेडियाः सुरेन्द्र इङ्नाम

सल्लाहकारः दिपक चाम्लिङ् “प्रतिसुच्चा”

सदस्यहरुः

बिस पुन

भरत राई

कमल थापा

मेघ गुरुङ्ग

भुपाल गुरुङ्ग

पदम गुरुङ्ग

Published date : 2019-03-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- Nepalisongskhabar@gmail.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ