Flash

काठमाडौँ । आउँदो चैत्र २९ गते प्रदर्शन हुने फिल्म ‘‘यात्रा : अ म्युजिकल भ्लग’ युनिटले आफ्नो प्रचारप्रसारको क्रममा ‘मुन्द्रेको कमेडी क्लब’ ज्वाइन गरेको छ । टेलिभिजन शो मा दर्शक माँझ लोकप्रिय रहेको यस शो फिल्मका कलाकारहरु सलिनमान बनिया , सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् । यिनले फिल्मको बारेमा कराकानी गर्दै उक्त कार्यक्रम मार्फत दर्शकलाई जानकारी गराएका छन् । सलिनको आफ्नो फिटनेस र फेशनको राज खोले भने मलिकाले आफ्नो ब्लाइन्डको भूमिका निभाउन गरेको दुखलाई सम्झिन ।

चैत्र २५ गते प्रशारण हुने शो मा सलोनले पनि फिल्मको बारेमा बोल्दै यात्रालाई स्मरण गरे । यी तिनैले ‘मुन्द्रेको कमेडी क्लब’ मा आफ्नो यात्रालाई पनि शेयर गरेका छन् । जितु नेपाल होस्ट रहेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला अध्यक्ष छिन् । नेपाल टेलिभिजनसँगै युट्युबमा समेत आउने यो कार्यक्रम दर्शकमाँझ लोकप्रिय छ । सलिन अभिनित दोस्रो फिल्म हो यात्रा , जसमा उनि भ्लगरको भूमिकामा छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिन , सलोन र मलिकासँगै जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , नानीकाजी डंगोल , राजेश बिसुराल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेकोछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।

फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

Published date : 2019-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ