Flash

नाई नभन्नू ५ मा को गीत “बालापनको उमेर” गाएर निकै चर्चामा आएकी बाल गायिका समिक्षा अधिकारीलाई लिएर यतिबेला दुई चर्चित संगितकारबीच जुहारी चलेको छ । उनीहरु हुन् समिक्षालाई सांगेतिक क्षेत्रमा भित्राएका बसन्त सापकोटा र टंक बुढाथोकी ।
युट्युवमा समेत निकै भाईरल बनेकी समिक्षाको सांगेतिक करियर अगाडी बढाउन र लोकप्रियता दिन बसन्तको ठुलो हात छ । यता अशोक दर्जीको कारण थप चर्चामा आएका टंक बुढाथोकीले हालै समिक्षासंग एउटा गीतमा काम गरे । उनले सामाजिक सञ्जालमाफर्त समिक्षासंग आफनो संगितको पहिलो काम गरेको उल्लेख गरेका छन् ।

टंकले यति लेख्दा बसन्तको भने टाउको दुख्यो । उनले सामाजिक सञ्जालमार्फत गुनासो गर्दे आफुलाई श्रेय नदिएको भावमा टंकमाथि खनिँदै स्टाटस लेखेका छन् । उनले लेखेका छन् मैले शब्द संगीत गरेको ( तीमि जहाँ छौ ) गीत मार्फत प्रबिसा अधिकारी लाई सबैले चिन्दा मैले त्यो भन्दा पहिलेनै दिनेस सुनाम सर र महेस खड्का दाईको संगीतमा नानीले गीत गाएको थियो भन्छु के म सानो भए प्रेम परीयारलाई मलेखु देखि शीशीर राणा र महेस खड्का दाईले लिएर आउनु भयो मैले नाई नभन्नु ल २ मा गीत गाउन लगाएको हु भन्दा के म सानो भए !!! मीलन अमात्य र प्रल्हाद तीमल्सीना लाई गीत गाउन लगाउँदा बिजय श्रेष्ठ र आलोक श्रि ज्यु को संगीतमा गीत गाई सक्नु भएको थियो चर्चित (गाला रातै )गीत चर्चित बाट हुनु भयो भन्दा के म सानो भए !!! मेलीना राई अहिलेकी चर्चित गाईका ले (कम्मर माथि पटुकि )गीत गाऊनु भन्दा पहिले तारा प्रकास लिम्बुको संगीतमा नोबेम्बर रेन चलचित्र मा गीत गाईसक्नु भएको थियो भन्दा के म सानो भए समिक्षाको पहिलो गीत नाई नभन्नु ल ५ को गीत (बालपनको ऊमेर )हो यो संयोग जुराउने छक्का पन्जा ३ को टिम हो यती भन्दा कोही सानो हुदैनत संसरले थाहा पाएको कुरा लुकाऊन खोज्नु अलि हाँस उठ्दो कुरा भएन र ?

तर टंकको स्टाटसमा समिक्षासंग आफनो संगितको पहिलो काम भनेर लेखेका छन् जसमा बसन्तको आपत्ति हो तर टंकले समिक्षालाई पहिलो पटक गाउन लगाएको भनेर चाही लेखेका छैनन् । सम्भवत बसन्तलाई बुझनलाई मिसअन्डस्ट्याण्टिङ पो भएको हो की ? टंकले भने बसन्तको स्टाटसको प्रतिक्रिया भने दिएका छैनन् । त्यसोत टंकमाथि पनि भाईरल बाल गायक अशोक दर्जीमाथि सिन्डिकेट लगाएको आरोप छ । टंकले अशोकको सबै जिम्मेवारी बहन गरेका छन् तर अशोकले टंकको संगितमा दोस्रो गीत पनि गाईसक्दा अरुको संगितमा भने गीत गाएका छैनन् । अब उनले गीत गाउन नपाएका हुन वा नदिएको हो त्यो छुट्टाउने जिम्मा भने तपाईको है ?त्यसो त बसन्तलाई पनि यसअघि समिक्षामाथि सिन्डिकेट गरेको भन्ने आरोप लागेको थियो तर आफुले त्यस्तो नगरेको बताएका थिए ।

Published date : 2019-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ