Flash


काठमाण्डौ । १६ लाख पारिश्रमिक बुझ्दै अभिनेत्री साम्राज्ञी आरएल शाह अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’मा अनुबन्धित भएकी छिन । पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञीले सोमबार औपचारिक रुपमा उक्त चलचित्रका लागि हस्ताक्षर गरेकी हुन । अशोक शर्माले निर्माणरनिर्देशन गर्ने चलचित्रका लागि निर्माण टिमका तर्फबाट अशोक र साम्राज्ञी बिच औपचारिक रुपमा सम्झौता भएको हो ।

बैशाखको अन्तिम साताबाट छायाँकन सुरु गरिने जनाइउको चलचित्र दशैको अवसर पारि प्रदर्शन हुने बताइएको छ । अशोकले अघिल्लो चलचित्र ‘जय भोले’को रिलिजसँगै आगामी दशैकमा रातो टिका निधारमा प्रर्शन हुने घोषणा गरेका थिए । चलचित्रमा साम्राज्ञीका अलवा बुद्धि तामाङ, रविन्द्र झा, निता ढुङ्गाना, लक्ष्मी गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ । एक दशक अघिको सुपरहिट चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’बाट चलचित्रको नाम राखिएको हो ।

Published date : 2019-04-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ