Flash

मुम्बई । बलिवुड अभिनेता अर्जुन रामपाल र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएडस छिट्टै मातापिता बन्ने भएका छन् । अभिनेता रामपालले सामाजिक संजालबाट आफ्नी प्रेमिका गैब्रिएला डेमेट्रिएडस गर्भवती भएको खुलासा गरेका छन् । उनले लेखेका छन् , ‘तिमीसँग हुने र फेरी सबै नयाँ सुरुवात गर्दै यस बच्चाको लागि धन्यवाद ।’

गत जेठमा आफ्नी पत्नी मेहर जेसियासँगको डिभोर्सपछि गैब्रिएलासँग अफ्येर्समा रहेका छन् । उनीहरुले अहिलेसम्म विवाह गरेका छैनन् भने विवाह अघि नै उनीहरुले नयाँ बच्चाको स्वागत गर्ने तयारी गरेका छन् । गैब्रिएला दक्षिण अफ्रिकाकी सुपर मोडल हुन् । उनी सन् २००९ की मिस आइपिएल बलिवुडको उपाधि जितेकी थिइन् । गैब्रिएला एफएएमले जारी गरेको विश्वका सय सुन्दर महिलाको सुचीमा समेत परेकी थिइन् ।

अर्जुन रामपालले गत जेठमा आफ्नो २० बर्षे वैवाहिक जीवन टुंगाउदै डिभोर्स गरेका थिए । अर्जुन र  मेहर जेसियाबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर ‘आई सी यु’ नामक फिल्म पनि बनाएकी थिइन् । अर्जुनका पुर्व पत्नी मेहरबाट दुई छोरी माहिका र माहिरा रहेका छन् ।

Published date : 2019-04-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ