Flash

पुष १२ –गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको आज सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिइन् । उनी रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिइन् । उनले अभिनय गरेको अर्काे एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो, आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन भने । विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। । कलाकार विना थापा प्रति संगस खवर डटकम परिवार हार्दिक श्रद्धाञ्जिली ब्यक्त गर्दछौ साथै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै मृत आत्म प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ

Published date : 2017-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ