Flash
मुम्बई। सलमान खानको नयाँ फिल्म ‘दबंग–३’ मा दुई स्टारकिड्स लञ्च हुने संभावना रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। सलमान खानकी भान्जी एजिला अग्निहोत्री यो फिल्मबाट बलिउडमा डेब्यू गर्ने संभावना रहेको छ। एलिजाले यो फिल्मको के भूमिका निर्वाह गर्छिन भन्ने विषयमा अहिले केही खुलेको छैन। एलिजा सलमानकी दिदी अलविराकी छोरी हुन् जसको विवाह अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग भएको छ।
उता महेश मांजरेकरकी छोरी अश्वमीले पनि यही फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन्। अश्वमीको भूमिका यस्तो युवतीको हुन्छ जसको फिल्ममा चुलबुल पाण्डे बनेका सलमान खान बचाउँछन्।
उनलाई बचाउँदै फिल्ममा सलमान खानको धमाकेदार एन्ट्री भएको देखाइने छ। यो फिल्ममा सोनाक्षी सिन्हा सलमान खानको अपोजिट रोलमा हुनेछिन्। यो फिल्मको निर्देशक प्रभु देवा हुन्। दबंग–३ को महेश्वर र माण्डूको शुटिङ पूरा भएपछि महाराष्ट्रकाृ वाईमा करिव ८० दिनको शेड्यूल छ। यो फिल्म ३१ डिसेम्बरमा रिलीज हुने बताइएको छ।
Published date : 2019-04-26