Flash

काठमाडौं । योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ ।

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् । आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए ।
‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने ।

Published date : 2019-06-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ