२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

Logo
Nepali Songs Khabar प्रकाशित मंगलबार, माघ ०२, २०८०

काठमाण्डौ, २ माघ ।,२०८० माघ १ गते । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो।सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ ।

योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]