२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

आफ्नै आमालाई मार्ने छोरीलाई अमेरिकामा २६ वर्षको जेल सजाय

Logo
Nepali Songs Khabar प्रकाशित बिहिबार, माघ ०४, २०८०

काठमाण्डौ ४ माघ । आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले सन् २०१४ मा आमाको हत्या गरेर सुटकेसमा शव छाडेर भागेकी थिइन् । यस घटनामा इन्डोनेसियामा सन् २०१५ मा अभियोग लगाएर हिथरलाई १० वर्षको जेल सजाय तोकिएको थियो । तर सन् २०२१ मा उनी रिहा भइन् ।

अमेरिकामा आउने बित्तिकै प्रहरीहरूले हिथर पक्राउ परिन् । अमेरिकी नागरिकलाई मार्ने षडयन्त्र गरेको भन्दै उनीमाथि अभियोग चलाइयो । गएको २ वर्ष म्याकले सिकागो जेलमा फैसला कुर्दै बिताइन् । बुधबार न्यायाधीश म्याथ्यू केन्नेल्लीले हाल २८ वर्ष पुगेकी हिथरलाई २६ वर्षको जेल सजाय सुनाए । अमेरिकी जेलमा अहिलेसम्म उनले बिताएको समय कटाउँदा सजाय घटेर २३ वर्षमा झरेको छ ।

अभियोजनकर्ताहरूले आरोपीलाई २८ वर्षको जेल सजाय दिलाउन खोजेका थिए । हिथरले आफ्नो तत्कालीन प्रेमी टमी शफरसँग मिलेर आमाको हत्या गरेकी थिइन् । म्याककी आमा धनी थिइन् । उनको नाममा रहेको ट्रस्ट फन्डको १५ लाख डलर कुम्ल्याउने दाउमा म्याक र शफरले शिला भोन विज म्याकको हत्या गरेका थिए । घटनाको समयमा १८ वर्षकी हिथर गर्भवती थिइन् । म्याकले आमाको मुख थुनिरहँदा शफरले फलफूल राख्ने कचौराले टाउकोमा हानेर विज म्याकको हत्या गरेका थिए । शबलाई उनीहरुले सुटकेशभित्र हालेका थिए ।

हत्यापछि हिथर र शफरले शूटकेशलाई ट्याक्सीमा छाडेका थिए । ट्याक्सी चालकले यसबारे प्रहरीलाई जानकारी दियो । प्रहरीले खोजतलासको क्रममा म्याक र शफरले बालीको अर्को होटेलमा फेला पारेका थिए । अमेरिकामा चलाइएको अभियोगमा सुरुमा हिथरलाई निर्दोष घोषित गरिएको थियो । आफ्नै आमा मारेर पनि हिथरलाई कुनै पछुतो नभएको तर्क गर्दै विज म्याकको भाइले अभियुक्तलाई अधिकतम सजायको माग गरेका थिए । अमेरिकामा चलाइएको अभियोगमा शफरको पनि नाम मुछिएको थियो । तर उनी इन्डोनेसियामा हिरासतमा छन् ।

तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]