२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन ।

Logo
Nepali Songs Khabar प्रकाशित शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो ।

७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उनका थुप्रै गीत लोकप्रिय छन् l वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् । उनले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए। करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका एक छोरा र दुई छोरी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]