२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

तृप्ती र नरेनले ल्याए स्वस्थानी ब्रतलाई लक्षित गर्दै भजन गीत ‘जय स्वस्थानी माँ’

Logo
Nepali Songs Khabar प्रकाशित आइतबार, माघ ०७, २०८०

काठमाडौं, ७ माघ । हिन्दु नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ‘श्री स्वस्थानी व्रत’ उपासना गर्ने प्रचलन छ । यो वर्ष माघ ११ गतेबाट स्वस्थानी ब्रत प्रारम्भ हुने छ । यहि छेको पारेर स्वस्थानीको महत्व र महिमा बोकेको नयाँ भजन सार्वजनिक भएको छ । ‘जय स्वस्थानी माँ’ बोलको भजनलाई गायिका तृप्ती खड्का र नरेन न्यौपाने ‘अप्ठ्यारो’ ले सार्वजनिक गरेका हुन् ।
गायिका तृप्ती खड्काको स्वर रहेको उक्त भजन गीतमा नरेन न्यौपाने ‘अप्ठ्यारो’ को शब्द, सङ्गीत रहेको छ ।

गीतको भिडियोमा समेत गायिका तृप्तीले नै अभिनय गरेकी छिन् । भिडियोमा स्वस्थानी माताको महिमा गाउँदै पुजा आराधना गरेको देखाइएको छ । भिडियोलाई नरेन न्यौपानेको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]