Flash

काठमाडौ । एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो’ प्रसारण हुन थालेको छ । यो हाँस्य सिरियल हरेक शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन्छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकले मन रुचाएका छन् । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ ।

निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति बिषयबस्तुलाई मुख्य आधार बनाइएको छ । उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई, जयराम सापकोटा, धर्मराज भट्टराई (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापालगायत नयाँ तथा पुराना कलाकारले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले बताएका छन् । उक्त सिरियललाई दर्शकले मन पराइदिनेमा विश्वस्त छन् ।

सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । उत्त सिरियलमा जनकराज अधिकारीको छायाँकन, राज श्रेष्ठको सम्पादन रहेको छ । राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको यो सिरियल युट्युबमा समेत हेर्न पाइने छ ।

 

Published date : 2019-07-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ