Flash

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको माहान चाड हरितालिका तीज गीत हरु अहिले बजारमा प्रसस्त आइसकेका छन् र केहि आउन पनि बाँकी रहेको छ । तर यसरी बजारमा आएको गीतहरुमा पनि जसरी भए पनि पृथकता दिन सकिएन भने श्रोता तथा दर्शकहरुको मन जित्न गाह्रो भएको छ । यसैलाई ध्यानमा राखेर पछिल्लो समयमा निकै चर्चामा रहेको टिकटकको सेरोफेरोलाई केन्द्रित गर्दै बिनोद ढकाल र कमला कुमालको संयुक्त प्रस्तुति “टिकटक गर्न आउ” बोलको गीत सार्बजनिक भैसकेको छ ।

यसरी चर्चामा आएको टिकटकले कतिलाई फाइदा पनि पुर्याएको छ भने कतिको ध्यान एकोहोरो बनाएर कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं गराएको छ । प्रस्तुत गीत आफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो हो । म्युजिक ल्याब प्रा.लि.ले बजारमा ल्ढयाएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई ब्यङग्यत्मक रुपामा बिनोद ढकालले लेखेका हुन् भने लय पनि ढकाल कै रहेको छ ।

“टिकटक गरौँ आउ” बोलको गीतको म्युजिक भिडियोमा अभिनय: पवन खतिवडा (म्याकुरि), शुशिला निरौला ( बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, वि.पि. सुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरु रहेको छ । यस गीतको म्पयुजिक भिडियोलाई परिकल्पना : विनोद ढकाल, निर्देशन: लक्ष्मण श्रेष्ठ, क्यामेरा रामकृष्ण चौलागाईं, सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2019-07-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ