Flash
ईटहरी/ नेपाली सुगम संगीतका कुशल गायक हिमाल सागरको एक नया म्युजिक भिडियो केही समय अगाडि युट्युब मार्फत सार्बजनिक भएको छ । निकै लामो समयदेखि साङितिक दुनियामा रमाईरहेका हिमालको पछिल्लो समय निरन्तर गीत तथा म्युजिक भिडियो आम दर्शक श्रोताको लागि सार्बजनिक भैरहेको छ ।
पछिल्लो समय सार्बजनिक भएको ‘नआउ तिमी सजिएर’ बोलको गीतमा उनको आवाज रहेको छ भने अर्जुन पोख्रेलले संगीत भरेका छन् । सार्बजनिक उक्त गीतमा गजल शैलिलाई अङ्गालेर नृपेश उप्रेतीको शब्द समाबेश गरिएको छ । पछिल्लो समय गायक गायिका पनि म्युजिक भिडियोमा मोडलको रुपमा प्रस्तुत हुने गरेको छ । हिमालको उक्त गीतको म्युजिक भिडियो यस्तो बनेको छ ।
यसैलाई अङाल्दै हिमाल पनि भिडियोको अन्तिम समयमा मोडल झै प्रस्तुत भएका छन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा रबि सिह र सारा सिर्पालिले अभिनय गरेका छन् । सारा नेपाली फिल्मका नायिका पनि हुन् । उनको निखिल उप्रेती संग रुद्र सार्बजनिक प्रदर्शन भैसकेको छ भने उनी अभिनित ‘पिंजडा ब्याक अगेन’ चलचित्र प्रदर्शनको तयारिमा छ । सार्बजनिक भिडियोलाई उत्सब दाहालले खिचेका छन् भने निशान भट्टराईले सम्पादन गरेका हुन् ।
Published date : 2018-01-04