Flash

राजु बोहरा–काठमाडौँ । बिशेष गरेर तीज गीतहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका उमा श्रेष्ठले  नेपालीहरुको महान चाड हरितालिका तीज २०७६ साललाई लक्षित गर्दै एक गीत सार्बजनिक गरेकी छिन् । उनले वर्ष भरिको थकाई तीजको समयमा यस गीतको माध्यम बाट मेट्ने वातावरण होस् भन्ने उदेस्यका साथ् यस गीतलाई सार्बजनिक गरेकी हुन् । यो मात्र नभई आफ्नै कला संस्कृति र मौलिताको जगेनार्थ यस गीतले महत्वपुर्ण भूमिका निर्वाह गर्ने कुरामा ढुक्क हुन सकिन्छ । गायिका उमाले तीज गीत मात्र होइन अन्य गीतहरु पनि बेलाबखत बजारमा ल्याउने गर्दछिन् । यस बर्षका लागि बजारमा आएको उनको यो तीज गीतले एक युवा अवस्थाको रुपको प्रसंसाका भाव बोलेको छ ।

“मेरो राजै” नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले नै भरेका हुन् भने शब्द सबै नेपाली सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल सर्जक रमेश बि.जी ले भरेका छन् । निकै उत्कृष्ट ढंगले तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा शंकर बि.सी र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । शंकर बि.सी द्वारा निर्देशित भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले भरेका छन् । हामी गायिका उमा श्रेष्ठको यस बर्षको तीज गीत पोहोर साल जस्तै पूर्ण रुपमा सफल हो भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ