Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र श्रीवृद्धिका लागि निकै लामो समय यता समर्पित एकता म्युजिक प्रालि मार्फत एक निकै मनछुने आधुनिक गीत बजारमा आएको छ । उक्त गीत “मायाको चिनो” बोलको रहेको छ । नेपाली गीत संगीत क्षेत्रमा समर्पित कलाकारहरु सबै एकता बद्ध भए हामीले नेपाली संगीतलाई अझै उच्च स्थानमा पुर्याउन सक्छौं भन्ने मूल उदेस्यका साथ् संचालित एकता म्युजिक प्रा.लि ले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याईसकेको छ ।

भर्खरै बजारमा आएको “मायाको चिनो” बोलको गीतमा मिलना राईको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका मिलना राईले पनि थुप्रै गीतहरु यस अगी बजारमा ल्याइसकेकी छिन् । उनि भन्छिन् , कुनै पनि गीत प्रस्तुत गर्दा नेपाली पन र नेपाली सुगन्ध हुन पर्दछ । यहि मान्यताको कारण पनि मिलनाले आफु द्वारा स्वरबद्ध गीतहरु कतै न कतै लोकको सुगन्ध छरेकी हुन्छिन् । आफुले माया गरेको मान्छेलाई फुलबुट्टे रुमाल चिनो दिने प्रसङ्गमा सुसजित यस गीतलाई शब्द संगीत ख्याती प्राप्त गीतकार तथा संगीतकार उदिम राईले भरेका छन् । गायक संगीतकार तथा गीतकार उदिम राईले तयार पारेका गीतहरु बजारमा अहिले पनि लोकप्रिय रहेका छन् ।

“मायाको चिनो” बोलको गीतको म्युजिक भिडियोमा एलिशा राई र गम्बिर के.सी को आकर्षक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियो हेर्दा मोडल एलिशा यस क्षेत्रका लागि निकै आशा लाग्दी मोडल हुन् । उनको अभिनयले पनि यस गीतको म्युजिक भिडियोबाट अशंख्य दर्शकहरुको ध्यान एकत्रित हुने कुरामा बिश्वास लिन सकिन्छ । भिडियोलाई निर्देशन तथा सम्पादन अमृत सागरले गरेका हुन् भने छायांकन ज्ञानु राईले गरेका छन् ।

हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकररुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ