Flash

राजु बोहरा–काठमाडौँ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई लोक तथा दोहोरी गीत संगीतबाट यथा स्थितिमा राख्न पर्दछ भन्ने उदेस्यका साथमा बिगत लामो समय यथा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित कलाकार तेजु परियारले नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७६ को शुभकामना सहित आफ्नै प्रस्तुतिमा “सारी उपहार” भर्खरै बजारमा ल्याएका छन् । बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक भएको यो गीत तेजु संगै यो प्रस्तुति अनिता खत्रीको पनि हो । गीतको भाव अनुसार गायक तेजुले आफ्नी प्रेमिकालाई यो तीजमा आफ्नी मायालुलाई सारी उपहार दिने भएका छन् ।

तेजु परियार र अनिता खत्रीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय शब्द दिनप्रति दिन सफलताको शिखर चुमिरहेका सर्जक अनिल खनालको रहेको छ । अनिलले पनि मौलिक गीत संगीतलाई उच्च प्राथमिकता दिंदै आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका छन् । “सारी उपहार” बोलको यो तीज गीतको म्युजिक भिडियोमा ओम तामाङ्ग र सरिता मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन दिनेश मुस्कानले गरेका हुन् भने सम्पादन गोपाल कुमार के.सी ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ