Flash
विराटनगर पुस २१
बागलुङ जिल्लामा जन्मीएर लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेकी गायीक देवी घर्ति मिलनशार,अनुशासित र मेहनती गायीका भित्र पर्दछिन । सांगीतीक यात्राको शुरुवात दोहोरी साँझमा गीत गायनबाट गरेकी उनले एक दशक यो क्षेत्रमा रानी भएर आफ्नो परिचय दरो रुपमा दिएकी छन । साँगीतिक क्षेत्रकै लोकप्रिय सर्जक तथा गायक राजु ढकाल सँग विवाह गरेकी देवीलाई सन्तानको रुपमा छोरा लाभ भएको छ । आज यो क्षेत्रमा नमुना जोडीको रुपमा देवी र राजुको जोडीलाई सबैले लिने गर्दछन । आफ्नो सफलतामा श्रीमानको समेत महत्वपुर्ण हात रहेको देवीको भनाइ छ ।
आजको दिन सम्म आइपुग्दा देवीले करिव सात हजार पाँच सय भन्दा धेरै गीतहरुमा आवाज दिइसकेकी छन भने उनको आवाज निकै कर्णप्रिय मात्र होइन लोकप्रिय समेत रहेको छ । लोकदोहोरीका जानकारहरुका अनुसार देवी जस्तो गायीका लोकदोहोरीले पाउनु निकै गर्वको कुरा रहेको बताउछन । लामो समय यसरी टिकी रहने कलाकार मध्ये देवीको नाम अग्र पंगीतमा आउछ भने उनले अझ धेरै समय गीत संगीतमा राज गर्ने कुरा समेत ढुक्क छ । गीत संगीतमा अझ धेरै सफलता मिलोस तथा सांगीतिक यात्राको अझ धेरै सफलताको शुभकामना ।
Published date : 2018-01-05