Flash

रोशन पोखरेल ,काठमाडौँ ।
नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहदै आएकी छिन ।
डा कृष्णहरी बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा समेटिएको छ । गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रुपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र धन कुमारी
कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ ।

“ जाम नाच्न जाम “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ