Flash

काठमाण्डौ भाद्र २१ – अमेरिकाको एटलाण्टा जर्जीया निवासी अन्तराष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरका अध्यक्ष, गीतकार तथा गजलकार किरण मानिकेको शब्द अनि संगीतमा अत्यन्तै मिठो बाल गीत “उडु म पनि” सार्वजनिक भएकाे छ । उक्त गीतमा अद्भुत कला भएकी मिठो स्वरकी धनी ५ वर्षीया बालिका आत्मिका ढकालले आवाज भरेकी छिन् । बेलाबेलामा भईरहने विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य र गायकी प्रस्तुत गर्दै आईरहेकी आत्मिकाको यो पहिलो रेकर्डेड गीत हो ।

आत्मिकाको पढाई लेखाई पनि अत्यन्तै तेज छ। सानो उमेरदेखिनै विलक्षण प्रतिभाकी धनी बालगायिकाको सधै जस्तोनै चौतर्फी प्रशंसा हुने गर्दछ । चर्चित लोकदोहोरी गायक राजेन्द्र सुवेदीको एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोपनि अत्यन्तै उत्कृष्ट र संदेशमुलक रहेको छ। किरण मानिकेले निर्देशन गरेको उक्त भिडियोमा उनै गायिका आत्मिकाले बल्ड क्यान्सर भएर कपाल पुरै गुमाएकी एउटी बालिकाको समाचार टिभीमा देखेपछि मन पग्लिएको र भावुक हुदै आफुले जन्मेबाट अहिलेसम्म कहिल्यै नकाटेको आफ्नै कपाल काटेर दान गरेको देखाएको छ ।

आत्मिकाले झण्डै २५ इन्च लामो आफ्नो कपाल काटेर “विग्स फर किड्स” भन्ने संस्था मार्फत कपाल दान गरेकी हुन् । भिडियोमा उनका विभिन्न अभिरुचि र क्रियाकलापहरुलाई बडो आकर्षक ढंगले प्रस्तुत गरिएको छ । गीतको म्यूजिक भिडियोमा आत्मिकाकी आफ्नै ३ बर्षीया बहिनी एड्भिका ढकाल लगायत एटलाण्टा जर्जीया निवासी विभिन्न नानीबाबुहरुको नृत्य र अभिनय देख्न सकिने छ । किरण मानिकेलेनै छायाकंन गरेको उक्त भिडियोमा स्वीकृति आचार्यको कोरियोग्राफी गरेकी छन् भने अमर शाक्यको दृष्य सम्पादन रहेको छ । भिडियोलाई किरण मानिके युट्युब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ