Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत पारखीहरुका निमित्त सांगीतिक ढुकढुकी बन्न सफल दोलखा जिल्लाका प्रतिभावान कलाकार उद्धब घिमिरेले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याइरहेका छन् । उनले कहिले वियोगका, कहिले संयोगका त कहिले रोमान्चक लोक दोहोरी गीतहरु बजारमा ल्याउने गरेका छन् । यसै भिडमा दशैं तिहार संग सम्बन्धित गीत उनको प्रस्तुतिमा बजारमा आएन भने आम दर्शक तथा श्रोताहरुले खल्लो महसुस गर्ने स्थिति बनिसकेको छ ।

किन कि उद्धब द्वारा बजारमा आउने दशैं तिहार संग सम्बन्धित गीतको छुट्टै पहिचान बनिसकेको छ । यसैलाई ध्यानमा राखेर उद्धबले नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ सालको शुभकामना सहित आफु स्वयम् को सुमधुर स्वर र मनु थामीको सुमधुर स्वरमा “शिरमा टिका जमरा” बोलको गीत बजारमा ल्याइसकेका छन् । प्रस्तुत गीतमा उद्धब घिमिरेको नै लय तथा शर्ब्दा सिर्जना सजिएको छ ।

उद्धबले आफ्नो सिर्जना मार्फत गत बर्षहरुमा दशैँ तिहार गीतहरु बजारमा ल्याउने क्रममा गरिब निमुखाहरुको बाध्यतात्मक जिबन भोगाई लाई समेट्ने गर्दथे तर यस वर्ष भने संयोगान्त भाव संगै हर्ष उल्लासका साथमा यस पर्वलाई मनाउ भन्ने किसिमको भावलाई आफ्नो सिर्जना मार्फत उनेका छन् । गीतको भाव अनुसार निकै बर्ष सम्म प्रबासमा रहेका आफ्नो श्रीमान घर आउने खबरले खुसि भएकी श्रीमतीको कथा पनि समाबेस छ ।

गीतको म्युजिक भिडियोमा सम्शेर झरी मगर, श्रीया रानाभाट, सरोज गिरि, गङ्गा थापा, लक्ष्मन चौलागाईं, सुशिला रानाभाट सुरज शाहीको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन पदम बानियाले गरेका छन् । “शिरमा टिका जमरा” बोलको गीत मनु थामी र सिताराम लोहनीको प्रस्तुतिमा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ