Flash

राजु बोहरा–काठमाडौँ । हाल प्रबासमा रहेका प्रतिभावान कलाकार कृष्ण गोर्खालीले भर्खरै मात्र एक लोक दोहोरी गीतलाई बजारमा ल्याएका छन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ध्यानमा राखेर तयार पारिएको उनको गीत “मर्स्यांदीले छाल हान्यो” बोलको रहेको छ । बैंशले घेरेको एक युवाले अर्की युवतीलाई पहिलो पटक भेट्दा बोल्ने आँट गर्न नसकिएको प्रसङ्ग यस गीतमा समाबेश गरिएको छ ।

गीतलाई लय यामु सुबेदीले गरेका हुन् । सर्जक यामु पनि अहिले प्रबासमा नै रहेका छन् । घरदेश बाट परदेश रहंदा दुख सुखका चौतारी भनेको नै गीत संगीत भएकोले यस गीतलाई तयार पारेर निसासिएको मनलाई फुरुङ्ग बनाएको धारणा कृष्ण र यामुले राखेका छन् । “मर्स्यांदीले छाल हान्यो” बोलको गीतलाई शब्द पनि कृष्ण गोर्खालीले नै भरेका हुन् भने स्वर कृष्ण गोर्खाली र शान्ति श्री परियारको रहेको छ ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अमर म्याक्स र रबिना भण्डारीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन हम गैरेले गरेका हुन् भने छायांकन टंक के.सी र सम्पादन हम गैरेले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ