Flash
विराटनगर , २५ पोैष
चर्चित मोडेल प्रेम खड्कालाई मोडेल संचिता शाहीले चोट दिएकी छिन । उनीहरुलाई सोध्धा एकले अर्कालाई चोट दिएको आरोप प्रत्यारोप लगाएका छन् तर वास्तविक जिबनमा नभई भर्खरै मात्र रिलिज भएको गित “चोट”को भिडियोको कथाबस्तुको काहानिको बिषय हो ।
म्युजिक बैंक नेपालको प्रस्तुति रहेको नया नेपाली लोक दोहोरी गीतमा श्याम बि सी र कमला ओली ले स्वर दिएका छन्। श्याम बि सी को लय रहेको छ भने कमला ओली को शब्द रहेको छ। म्युजिक भिडियोमा प्रेम खड्का संचिता शाही र दिपेन्द्र खड्का को अभिनय रहेको छ। भिडियोको निर्देशन एन बि भट्टले निर्देशन गरेका हुन् छायांकन र सम्पादन दिनेश मुस्कान ले गरेका हुन् । श्रिंगार दिपक गुरुङ ले गरेका हुन्। यस गीत तथा भिडियोलाई म्युजिक बैंक प्रा ली ले बजारमा ल्याएको हो ।
Published date : 2018-01-08