Flash

काठमाण्डौ भाद्र ३० – औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो । यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन बैरागी पण्डित र म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए ।

चन्द्र भट्टचनले लेखेको उक्त गीतमा स्वर संगीतकार स्वयं ज्योति प्रकाशको रहेको छ । गीतमा नारायणको साथमा बिनिताले अभिनय देख्न पाइन्छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा समाजका विभिन्न विधा र ओहदाका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

Published date : 2019-09-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ