Flash

महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायिका नविता पौड्यालले ‘बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन।
गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।  दिपक शर्माको शब्द एबम लय संकलन रहेको गीतमा उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।
भिडियोमा नायिका द्वय वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटकबाट भाइरल भएका जुम्ल्याहा दाजुभाई
अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । गीतको भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायिका पौड्यालको यस अघिका गीतहरु पनि दर्शकहरुको रोजाइमा परेका थिए ।

Published date : 2019-09-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ