Flash
दर्जनौ गितहरुको शब्द र आवाज दिएर आफ्नो साँगितिक यात्रा अगाडी बढाउदै आएका गायक राम बहादुर दानीले आफ्नै लय,शब्द र स्वरमा रहेको ठाडी भाका गितको भिडियो निर्माण कार्य सम्पन्न गरेका छन । बिगत लामो समय देखी नेपाली गित संगितमा प्रवेश भएका गायक दानीले एक दर्जन देउडा र आधा दर्जन दोहोरी गितहरुमा समेत आवाज दिईसकेका छन । दुई दर्जन गितहरुको संगित भरिसकेका गायक दानीले यति खेर प्रदेशी दाजुभाईको पिडालाई समेटेर आफ्नै स्वर दिएको ठाडी भाका खाडी बग्या आँसु गितको छायाङ्कनको कार्य समेत सम्पन्न गरेका छन । कहिल्यै सञ्चारकर्मी त कहिल्यै निजी स्रोत शिक्षक त कहिल्यै इलेक्ट्रोनिक प्राविधिक सम्मको काम गरेका गायक दानीले बिदेशीको चाकडी गरेर समेत ठुलो संघर्ष गरेका थिए । दुर्गम जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नं. १ पिनालेखमा २०४३ साल श्रावणमा बुवा बल बहादुर दानी र आमा गोमती देबी दानीको कोखबाट दोश्रो सुपुत्रको रुपमा यस धर्तिमा पाइला टेकेका दानी म्युजिक कम्पनीको समेत मालिक भएर कर्मथलो काठमाण्डौलाई बनाई रहेका छन । २०७१ सालमा पहिलो देउडा गित पात झरीगै कुवाबाट सांगितिक यात्रा गरेका गायक दानीले क्रमसः सुदुरपश्चिम धनगढी,मेली छैन घाँस,बुढिनन्दा छेडेदह,लाली ओठमा कोठी,डोटी दिपायकी सेती,अपी सैपालका सिर,सररर साँफे बसैमा लगायतका गितहरुमा आफुले नै सश्द संगित र स्वराङ्कन गरि सकेका छन । यति खेर गायक दानीले बेरोजगारीका कारण खाडी मुलुकमा चर्काे घाममा पसिना बगाइ रहेका नेपालीहरुको पीडालाई समेटेर शब्दहरु बुनेको खाडी बग्या आँसु गितको म्युजिक भिडियोको छायाङ्कन समेत गरेको बताए । सुदुर पश्चिमका मेला पात गोठ खर्कमा गाइने मौलिकतामा आधारित सो ठाडी भाकामा गायक दानी आफैले अभिनय गरेका छन भने सो गितमा लक्ष्मी देवकोेटाले पनि अभिनयमा साथ दिएकी छन । मिन रावलले निर्देशन र डि.वि. रौलेले छायाङ्कन गरेको सो म्युजिक भिडियो सेती महाकाली मयुजिक प्रा.लि.बाट बजारमा आउने गायक दानीले बताएका छन ।
Published date : 2018-01-08