Flash

एजेन्सी । नेपाललगायत धेरै मुलुकमामा गीत गाउने विभिन्न प्रतियोगिता हुने गरेका छन् । तर थाइल्याण्डमा मानिसले मात्र होइन चराको पनि गीत गाउने प्रतियोगिता हुन थालेको छ ।

थाइलाण्डमा नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगितामा थाइल्याण्ड बाहेक सिंगापुर र मलेसियाबाट समेत गरी १८ सयभन्दा धेरै चराहरुले भाग लिएका छन् । चार महिनाको तालिमपछि प्रतियोगितामा भाग लिएका चराहरुको उक्त प्रतियोगिता गत वर्ष पनि सम्पन्न भएको थियो ।

प्रतियोगितामा बुलबुल, सुगा, परेवालगायतका चराहरु सहभागी हुन्छन् । विभिन्न चार चरणमा हुने प्रतियोगितामा प्रत्येक राउण्डमा चराहरुले कम्तिमा ३ पटक २५ सेकेण्डसम्म गीत गाउनु पर्दछ । प्रतियोगिताका क्रममा चराहरुलाई १५ फिट उचाइको खम्बामा पिँजडाभित्र राखिन्छ र ती चराहरुलाई पटकपटक गीत गाउन लगाइन्छ ।

निर्णायकहरुले हरेक चराहरुलाई उनीहरुको गायनको आधारमा नम्बर दिन्छन् । यो वर्षको प्रतियोगिता जित्ने चराले पुरस्कार स्वरुप एक लाख रुपैया भन्दा बढी पाएका छन् ।

Published date : 2019-10-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ