Flash

एजेन्सी। ‘मोस्ट ह्याण्डसम म्यान इन द वल्र्ड’को उपाधि जितिसकेका बलिउड अभिनेता ऋतिक रोशन आफ्नो शानदार अभिनयको लागि चिनिन्छन् । फिट शरीर र ह्याण्डसम लुकका कारण उनको फिमेल फ्यान फलोइङ ठूलो छ।

आफ्नो पहिलो फिल्मपछि नै ऋतिकले ठूला अभिनेताको बीचमा आफ्नो स्थान पक्का गरेका थिए । तर के तपाइँलाई थाहा छ ? ऋतिकलाई पहिलो फिल्म रिलिज भएपछि बिहेका लागि ३० हजार प्रस्ताव आएका थिए ।

केही समयअघि ऋतिक द कपिल शर्मा शोमा आफ्नो फिल्म वारको प्रमोसन गर्न गएका थिए । यस क्रममा उनले यो कुराको खुलासा गरेका हुन् । उनको पहिलो फिल्म ‘कहो ना प्यार है’ हिट भएपछि उनलाई बिहेको लागि ३० हजार प्रस्ताव आएका थिए । सन् २००० मा

बलिउड डेब्यू गरेका ऋतिकले त्यही वर्ष डिसेम्बरमा आफ्नी गर्लफ्रेण्ड सुजैनसँग बिहे गरेका थिए ।

बिहेपछि पनि उनको फिमेल फ्यान फलोइङमा कुनै फरक भने परेको छैन । २०१४ मा उनीहरुबीत सम्बन्धविच्छेद भयो । यद्यपि अहिले पनि उनीहरुबीच राम्रो मित्रता छ।

ऋतिक आफ्नी पूर्वपत्नी र छोराछोरीसँग रमाइरहेका देखिन्छन् । उनीहरुले आफूहरुको सम्बन्धविच्छेद भए पनि सन्तानमा यसको असर नपरोस भनेर मित्रता तोडेका छैनन् ।

Published date : 2019-10-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ