Flash

मोफसलको सबैभन्दा ठुलो सांगितिक उत्सव कालिका म्युजिक अवार्डको पन्ध्रौ संस्करण अन्तरगत विभिन्न तिस विधाका गीत रचनाहरु सार्बजनिक गरिएको छ । कालिका मिडियाको गौरवमय सत्रौं वार्षिकोत्सवको अवसरमा प्रदान गरिने म्युजिक अवार्डका लागि सर्वोत्कृष्ट आधुनिक गीत गायन, आधुनिक संगीत, आधुनिक गीत रचना, सर्वोत्कृष्ट नेपाली चलचित्र गायन, नेपाली चलचित्र संगीतकार, नेपाली चलचित्र गीतकार, सर्वोत्कृष्ट नेपाली पप गीत गायन, सर्वोत्कृष्ट पप संगीत, सर्वोत्कृष्ट पप गीत रचना र सर्वोत्कृष्ट पप ब्याण्ड विधा तर्फका गीतहरु सार्बजनिक गरिएको हो ।

यसैगरी सर्वोत्कृष्ट नेपाली लोक दोहोरी गायन, लोक दोहोरी भाका, लोक दोहोरी शब्द रचना, स्थानिय लोक दोहोरी गायन, सर्वोत्कृष्ट मध्य नेपाल गायन, सर्वोत्कृष्ट संगीत संयोजन, सर्वोत्कृष्ट नव प्रवेशी गायन, वर्षकै सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट युगल गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट भिडियो सम्पादन, सर्वोत्कृष्ट भिडियो निर्देशन, सर्वोत्कृष्ट सिनेम्याटोग्राफर र सर्वोत्कृष्ट भिडियो अभिनय तर्फका गीतहरु शुक्रबार सार्बजनिक गरिएको छ ।

यही असोज ३० गते बिहीबार नारायणगढको नारायणी कला मन्दिरमा हुने भब्य वार्षिकोत्सव समापन समारोहका बिच अवार्ड प्रदान गरिने कालिका मिडियाले जनाएको छ । कार्यक्रमको मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ एम ९५.२ र कालिका एच डि टिभीले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने छन् । आँफुलाई मन पर्ने गीत लाई मोबाईलको म्यासेज बक्समा गई सो गीतको एस एम एस कोड टाईप गरी ३४८४८ मा एस एम एस गर्न सकिने छ ।

हरेक वर्ष प्रदान गर्दै आएको लाईफ टाईम अचिभमेन्ट अवार्डबाट भने यसवर्ष बरिष्ठ चलचित्रकर्मी कवि, गीतकार तथा नेपाल टेलिभिजनका संस्थापक निर बिक्रम शाहलाई सम्मानित गरिने छ ।

Published date : 2019-10-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ