Flash

काठमाडौं। नारीप्रधान चलचित्र ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ ।

शुभेच्छा थापा निर्देशित कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको चलचित्रले पिजी सर्टिफिकेट पाएको हो। यो चलचित्र १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ।

शुभेच्छाको यो डेब्यू निर्देशन हो।

उनले यसअघि दर्जन बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन्। चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन्।

चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ। अभिनेत्री शुभेच्छाको चलचित्रमा दोहोरो भुमिका छ। त्यस्तै श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण शिवाकोटी, कमल साउद, राजु गिरी लगायतका कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन्।

चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् भने सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ।

Published date : 2019-10-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ