Flash

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं – नेपाल लोक सँगीतिक क्षेत्रको पहिलो र ठुलो रियालीटी शो हो आईएमई नेपाल लोक स्टार । यो शो कात्तिक ८ गते भृकुटी मन्डपमा सम्पन्न हुँदै छ । यती बेला ४ प्रतिस्पर्धीहरु आ-आफ्नो तरिकाले प्रचार प्रसार तिर लागी परिरहेका छन् । पछिल्लो समयमा राम कुमार नेपाली, चेतन गोतामे, बिनोद दनुवार पनि भोट माग्न अग्रसर छन् भने शनि बिश्वकर्मा आफ्नो गृह जिल्लामा भब्य सम्मान सहित प्रचार प्रसार गरेका छन् । साथै केही दिन अघि एयरपोर्टमा शनी बिश्वकर्मालाई भब्य सम्मान गरिएको थियो ।

हाल:  शनि बिश्वकर्माले पनि आफ्नो माहोल बनाउन सफल भएका छन् भने राम कुमार नेपाली र चेतन गोतामेको पनि छुट्टै क्रेज रहेको छ । बहुप्रतिभाशाली ब्यक्तित्व भनेर राम कुमार नेपाली चिनीएका पनि छन् । यतीबेला नेपाल लोक स्टारको बिजेता को बन्ला त भन्ने कुरा सबैको लागी खुलदुलीको बिषय बनेको छ । चाहना मिडिया द्धारा आयोजीत आईएमई नेपाल लोक स्टार केही समय अघि बिबादमा परेको थियो भने अहिले अर्काे नयाँ बिबाद आउन लागेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन निर्माणका लागी लोक स्टारका प्रतिस्पर्धी चेतन गोतामेले रु १५ हजार आर्थिक सहयोग गरेका छन् । सो कुराको जानकारी सोही संस्थाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजी र केन्द्रिय सदस्य शिब हमालले फेशबुकमा पोस्ट गरेका छन् । यसै बिषयलाई लिएर राम कुमार नेपालीका समर्थकहरुले भेगिए प्रबृती भयो, अन्याय भयो भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आलोचना गरेका छन् । आलोचना गर्नुपनि स्वभाविक रुपमा कुरा हो । चेतन गोतामेले रु १५ हजार सहयोग गरेको भएर प्रतिष्ठानले चेतन गोतामेलाई काख आर्थिक सहयोग नगरेका रामकुमार नेपालीलाई पाखा गरेको जस्तो कुराको महसुस राम कुमार नेपालीका समर्थकहरुले गरेका छन् ।

संस्था कसैको लागी पेवा हुँदैन । सानो ठुलो सबै कलाकारहरुको छाता संगठन हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ४० हजार सदस्यता लिएका ब्यक्तीहरुको संगठन र नेपाली लोक गीत संगीतको एक मात्र धरोहर हो । त्यसैले पनि कसैलाई भेगिए हिसाबले र अन्य कुराले बिभेद गर्ने कदापी मिल्दैन । लोक स्टारका प्रतिस्पर्धीद्धय राम कुमार नेपाली र चेतन गोतामे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आबद्ध बयक्ती पनि हुन् । चेतन गोतामे सुन्धारा समितीमा छन् भने राम कुमार नेपाली चाबहिल समितीमा रहेका छन् ।

कसैलाई काख कसैलाई पाखा गर्नु प्रतिष्ठानको धर्म होईन । दुबै प्रतिस्पर्धीलाई समान रुपले हेर्नुपर्ने हुन्छ । चेतन गोतामे या राम कुमार नेपाली जस्ले जितेता पनि प्रतिष्ठानले जिते सरह हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भेगिए हिसाबले नहेरोस र पारिवारिक रुपले तथा समान रुपले हेरोस् भन्ने कुरा राम कुमार नेपालीका समर्थकहरुको सामाजिक सञ्जाल मार्फत सार्वजनिक रुपमा टिका टिप्पणी गरेका छन् । पक्कै पनि चित्त नबुझेको कुरामा टिका टिप्पणी गर्न पाइन्छ । त्यो उसको नैसर्गिक अधिकार हो । यस कुरालाई बिबादमा आउन नदिनका लागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चेतन गोतामे र राम कुमार नेपालीलाई समान रुपले सपार्ट गर्दा राम्रो होला की ?

नत्र भने समान रुपले नहेर्ने कसैलाई काख कसैलाई पाखा जस्तो ब्यवहार गर्ने हो भने राम कुमार नेपालीका समर्थकहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल माथी आलोचना गरि बिबादमा ल्याउन सक्ने सम्भावना रहेको छ । त्यसैले बिबादमा आउन नदिनका लागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सबै पदाधिकारीहरुले बेलेमा जानकार भएर केही बिबेक प्रयोग गर्दा चेतन गोतामे र राम कुमार नेपालीको मात्र नभई सम्पुर्ण राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको हित त जित हुने छ । यो कुरामा कुनै दुई मत छैन ।

लोक स्टारका अब हुने बिजेतालाई हाम्रो तर्फबाट अग्रिम बधाई एबम् सफलताको लागी शुभकामना ब्यक्त गर्दे आईएमई नेपाल लोक स्टारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शानदार उपस्थिती र साथ सपोर्ट होस् भन्ने कामना गर्दछौ ।

Published date : 2019-10-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ