Flash

उल्लास र उज्यालोको पर्व तिहारको सुरुवात भैसकेको छ। यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले यो पर्वलाई दीपावली पनि भनिन्छ । तिहारको बेलामा समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेला मात्र गाइन्छ। यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन रहेको छ । तिहारको अवसर पारेर गायक शिव लामिछाने सिवाजले देउसी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन। यस गीतमा शब्द र संगीत जीवनको रहेको छ भने संगीत संयोजन सुरज बिश्वोकर्माले गरेका हुन् । सन्दिप बिश्वोकर्मा र सुरज बिश्वोकर्माको गितार बादन रहेको गीतमा सौगात रसाईलीको बेस गितार बादन रहेको छ । जीवन को मुख्य अभिनय रहेको भिडियोमा अन्य थुप्रै कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । कार्टुन क्रुजको अफ़िसिएल च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक सोर्ताको राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

Published date : 2019-10-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ