Flash
संगीत सरोबर डट कम, राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिक संस्कृतिलाई जगेर्ना गरौँ भन्ने उदेस्यका साथ् निकै लामो समय यता नेपाली लोक सांगीतिक क्षेत्रमा क्रियासिल कलाकार खेम दर्लामी मगरले नेपालीहरुको अर्को दोश्रो महान चाड तिहारको समयलाई लक्षित गर्दै “जिम्मल बा को आँगनी” बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । यो प्रस्तुति राजु सानु, लक्ष्मी सानु र लक्ष्मी खनालको प्रस्तुतिमा रहेको छ ।
खेम दर्लामी मगर, खगेन्द्र दुलाल, रोहित परियार, डिला बि.क बिरता पुनको सुमधुर स्वरमा सजिएको छ । गीतलाई लय शब्द खेम दर्लामी मगरले नै भरेका छन् सम्पूर्ण नेपालीहरुलाई हर्ष उल्लासको साथमा यस तिहार पर्वलाई मनाउन खुराक बनोस् भन्ने चाहनाका साथमा बजारमा ल्याइएको यस गीतको म्युजिक भिडियोमा बिशाल सोनी, गणेश गुरुङ्ग र दिव्या बडुवालको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन हिमाल सागर हिन्ग्मांगले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अविनाश डी.सी ले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2019-10-28