Flash

एजेन्सी । बलिउडमा एक युग थियो, रवीना टन्डनको । अनिल कपुर, अक्षय कुमार अनि सुनिल सेट्टीसँगको जोडी एकताका खुब हिट थियो हिन्दी सिने जगतमा । बलिउडमा रवीनाको उपस्थिति अहिले अलि कम भएको छ । यद्यपि टेलिभीजन कार्यक्रम अनि विज्ञापनहरुमा रवीनालाई अझैं पनि देख्न सकिन्छ । १९७४ अक्टोबर २६ मा उनी जन्मिएकी हुन् । उनलाई घरमा ‘मुनमुन’ भनेर बोलाउँछन् । यो नाम उनका मामा म्याकमोहनले राखिदिएका हुन् । तर, पिता रवी र आमा बीनाको नाममाबाट उनको वास्तविक नाम ‘रवीना’ राखिएको हो ।

रवीनाको फिल्मी करिअर १९९१ मा बनेको फिल्म ‘पत्थर के फूल’बाट सुरु भयो । ९० को दशकमा उनी फिल्मी इन्डष्ट्रीजमा खुब चलेकी नायिका थिइन् । उनले धेरैजसो रोमान्टिक फिल्ममा काम गरिन् । ‘कुछ कुछ होता है’मा रानीको सट्टा रवीनालाई नै अफर गरिएको थियो तर, उनले काम गरिनन् । त्यस्तै ‘दिल तो पागल है’मा पनि करिश्मा कपुरको ठाउँमा उनलाई नै अफर गरिएको थियो । तर, उनले ती दुबै फिल्ममा काम गरिनन् ।

यश चोपडाको फिल्म ‘डर’मा उनलाई मुख्य भूमिका अफर थियो तर, त्यसमा प्रयोग हुने पहिरनका कारण उनी राजी भइनन् । अनि त्यो ठाउँमा जुही चावलाले भूमिका निभाइन् । फिल्मी जीवनमात्रै होइन, उनको निजी जीवनमा अक्षय कुमारको नाम धेरै जोडियो । कैयौं अन्र्तवार्ताहरुमा रवीनाले अक्षयसँगको सम्बन्धका बारेमा बताएकी छिन् । रवीनाका अनुसार अक्षयले उनीसँग बिहेको बाचा पनि गरेका थिए ।

तर, पछि अक्षयको अफेयर अर्कैसँग थियो र उनीहरुको ब्रेकअप भयो । २००४ मा रवीनाले अनिल थडानीसँग बिवाह गरिन् । उनी अनिलकी दोस्री श्रीमती हुन् । बिहे अघि नै रवीनाले दुई बालिकालाई अपनाएकी थिइन् । उनीहरुको नाम पूजा र छाया हो । बिवाहपछि पनि उनका दुई सन्तान भए रशा र रणबीर । अहिले रवीना ‘नच बलिए–९’को निर्णायकको भूमिका छिन् ।

Published date : 2019-10-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ