Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को निबिनतम सांगीतिक कोसेली भर्खरै बजारमा आएको छ । समिक्षा श्रेष्ठ र शान्जे गुरुङ्गको प्रस्तुतिमा बजारमा आएको “गुफा मन्दिरमा” बोलको उक्त गीतमा भाग्यमा नभएको देखेर नपाइदो रहेछ भन्ने किसिमको भाव समाबेश गरिएको छ । आफुले जिबन भरी संगै जिउँछु र संगै मर्छु भन्ने जस्ता बाचा बन्धन गाँसेको मान्छे अन्ययासै आफ्नो अंगालोबाट बाहिरिदाको पिंडा पनि यस गीतको भावमा बुझ्न सकिन्छ ।

सन्तोष बि.सी र सिता श्रेष्ठको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय शब्द पनि गायक स्वयम् सन्तोषले भरेका छन् । गायक सन्तोषले यस अगिका प्रस्तुतिबाट पनि आफ्नो छुट्टै पहिचान नेपाली संगीत पारखीहरु माझ स्थापित गरिसकेका छन् । उनले कुनै पनि भेगका गीतहरुलाई आफ्नो स्वरबाट न्याय दिने गरेका छन् । भर्खरै बजारमा आएको यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नेमा सन्तोष ढुक्क रहेका छन् । अर्की गायिका सिता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतका लागि निकै आशा लाग्दी कलाकारको रुपमा परिचित हुँदै छिन् ।हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुको सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

एस.बि.एस म्युजिक प्रालिले भर्खरै सार्बजनिक गरेको  “गुफा मन्दिरमा” बोलको गीतको म्युजिक भिडियोमा सगुन शाही, संजय गुरुङ्ग, सेरु निगम परियार र दुर्गा के.सी को घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक स्वयम् सन्तोष बि.सी ले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन दिपक विस्टले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार एस.बि.एस म्युजिक प्रालि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ