Flash

काठमाडौं,
मंसिर १ ।

नेशनल पावर न्यूज म्युजिक अवार्डको तेस्रो संस्करणको लागी आवेदन आवहन गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा सम्पन्न हुन गइरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्डको तेस्रो संस्करण २०२०का लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको हो ।

नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने अवार्डमा नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरु समावेश गर्ने गरिन्छ । विभिन्न भाषा भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ, राई, लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङलगायत विभिन्न भाषाका गीत सङ्गीतहरुमा प्रतिष्प्रधा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी गराएका छन् ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अङ्ग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष)सम्म वजारमा आएका एवम् प्रकाशनमा आएका अडियो÷भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने भाषा भाषी अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत सङ्गीतले भाग लिन पाउने जनाइएको छ ।

Published date : 2019-11-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ