Flash

लोकप्रिय गायिका पूजा सुनुवारको ”रहर” एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ”रहर”लाइ शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन।

अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन ।
दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ । ”रहर” एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल,दिपक शर्मा ,राम गोपाल ‘आशुतोष’ ,कृष्ण सुनुवार ,र खलनको मान्छे को शब्द रहेको छ भने । युवा सङ्गीतकार शङ्कर ‘थापा स्माइल’,दिपक शर्मा,शिब साम्पोङ्ग,अनिश श्रेष्ठ ,र पुस्कर सुनुवारको संगीत छ ।
नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज दिईसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक भैसकेको छ ।

Published date : 2019-11-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ