Flash

कुशल सारङ्गीबादक,स्रष्टा,तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक हेमन्त कान्छाको निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा चर्चित यूवा गीतकार डी.पी. खनालको उत्कृष्ट मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ ।
अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई निकैनै मेहनतका साथ अनिल स्वयंलेनै खिचेका छन ।मनोज कार्कीको सम्पादन रहेको भिडियोमा रमणीय सुन्दर बाताबरण, खोलानाला झरनाको दृश्यमा कलाकारहरु देवेन्द्र बब्लु,सोनाम मगर, बिशाल घिमिरे,र हेमन्त कान्छाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।गीतको म्युजिक भिडियोलाई हेमन्त कान्छा रसाइलीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।
सांगीतिक बजारमा लोप हुँदै गएको मौलिक सृजनाहरुलाई जोगाउनु पर्छ भन्ने सोचका साथ अगाडि बढेका हेमन्त कान्छाले मौलिक नेपालीपन बोकेका केही फरक सृजनाहरु लिएर दर्शक स्रोतामाझ प्रस्तुत हुने गर्दछन । काचो सुन्तला , बालापन,झुटो माया लगायत थुप्रै हिटगीतहरु नेपाली सांगीतिक बजारमा आइसकेका हेमन्त कान्छा पछिल्लो समय चर्चामा पनि छन्

हेर्नुस् भिडियो:

Published date : 2019-11-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ